skip to Main Content

एचआइभी, कुषोषण दुषित पानी जस्तै बायु प्रदुषणले लिन्छ ज्यान । यसकोे असरबाट तपाईको परिवारलाइ जोगाउने हाम्रो अभियान ।।

के तपाईंलाइ थाहा छ ?????
बायु प्रदुषणले फोक्सोको क्यान्सर, दम, दीर्घखोकी, एलर्जी, डिप्रेशन, डिमेन्सिया, निमुनिया, ब्रोङ्काइटिस, मानसिक तनाव, आंखा, घांटी र छालामा समस्या ल्याउंछ ।।


वायु प्रदुषण के हो ?

हाम्रो वरपर रहेको प्राण बायुमा एक वा एकभन्दा बढी वाह्य तत्वहरु जस्तै हानिकारक ग्यासहरु, रासायनिक तत्वहरु र शुक्ष्म कणहरु मिसिन गै मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने गरी हुने प्रदुषणलाई हामी वायु प्रदुषण (Air Pollution) भन्दछौं । हामी अधिकांश (करीव ९० प्रतिशत) समय घर, गाडी वा कार्यालय भित्र विताउंछौं । वायुप्रदुषणका कारण विश्वमा करिब ४० लाख मानिसहरुले प्रतिवर्ष ज्यान गुमाउने गरेका छन् । विश्व स्वास्थ्य संगठन (WHO) को निर्देशिका भन्दा हाम्रो घर, अफिस, वरपर र आकासको बायु प्रदुषण धेरै गुणा बढी छ ।

 

बायु प्रदुषण सामान्य आंखाले देख्न र सामान्य मास्कले छेक्न सक्छ ?

ग्याँस तथा ठोसका अतिन्यून कणको जटिल मिश्रणको रुपमा रहेको particulate matters (PM) मा नाइट्रेट तथा सल्फेटहरु, जैविक रसायनहरु, धातु तथा ठोस कण र धुलोका कणहरु रहेका हुन्छन् । २० देखि ५० माइक्रोमिटर ब्यास भएका कणहरु कणहरु नाक र मुखबाट छानिने भएकाले स्वास्थ्यमा यिनीहरुको प्रभाव न्यून हुन्छ । १० माइक्रोमिटरसम्म ब्यास भएका कणहरु (PM10) स्वासनली र फोक्सोको माथिल्लो भागसम्म पुग्दछन् । २.५ माइक्रोमिटर भन्दा कम ब्यास भएका कणहरु (PM2.5) फोक्सोको भित्री भागसम्म पुग्दछन् र रगतसंग मिसिएर विभिन्न रोगहरु निम्त्याउंछन् । हाम्रो एउटा रौंको ब्यासलाई ५०—७० माइक्रोमीटर ९µm० लिंदा ब्याक्टेरयाको ब्यास १०µm, सडक धुलोको ५ µm, कोईलाको धुवाँको २µm, भाईरसको ब्यास ०.४ माइक्रोमिटर र सवारी साधनबाट निस्कने प्रदुषणको आकार ०.२ माइक्रोमिटर हुन्छ । वायुप्रदुषणका शुक्ष्म कणहरु आंखाले देख्न सकिदैन र सामान्य कपडाको मास्कले छेक्न सक्दैन । मास्क गुणस्तरीय र प्रयोग हावा नछिर्ने (Air tight) हुनुपर्छ ।

 

वायु प्रदुषणका श्रोतहरुः

क) तेल, ग्यास, मट्टितेल, कोइला, दाउरा आदि जल्दा निस्कने प्रदुषण
ख) कार्पेट, रंगरोगन, नयां फर्निचर, घर सफाइका सामाग्रीहरु ब्यक्तिगत कस्मेटिक सामाग्रीहरु,
ग) ब्याक्टेरिया, ढुसी, भाइरस, जनावर र घरायसी कीटाणुहरु,
घ) सवारीका साधनहरु, उद्योगधन्दा, निर्माण कार्य,
ङ)धुम्रपान, अगरबत्ती तथा अन्य बाहिरको प्रदुषित वायु आदि ।

 

वायु प्रदुषणका असरहरु 

  • दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, मोतियाबिन्दु, घांटी दुख्ने तथा खसखसाउने, दीर्घ खोकी, कफ, नाक रसाउने, आखा बिझाउने, चिलाउने, हेर्न कठिनाई हुने, आंसु आउने, मानसिक तनाव, श्वास फेर्न गाह्रो हुने
  • बढी प्रदुषण का कारण डिप्रेशन, डिमेन्सिया र निर्णय प्रक्रियामा कमी आउने जस्ता समस्या ।
  • गर्भवती महिलाका बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चा जन्मने र अत्याधिक प्रदुषणका कारण मृत बच्चाको जन्म हुनसक्ने सम्भावना रहन्छ ।
  • चुरोट सेवन गर्नेहरुको अनुहारको चम्किलोपना हराउने, छाला पातलो तथा तन्किने ९यियकभ० र क्यान्सरको अत्यधिक संभावना हुन्छ ।

 

बायुप्रदुषणको असरबाट बच्न के गर्ने ?

वायु प्रदुषण नियन्त्रण गर्ने स्तरीय मास्क, कोठा, कार वा अफिसमा हावा शुद्ध गर्ने उपकरण (Air Purifier) जस्ता प्रविधिको प्रयोग, धुम्रपान नगर्ने, जनचेतना जगाउने, विजुली वा ग्यासको प्रयोग गरी खाना पकाउने, कोठाको भोन्टिलेसन सुधार, खुलास्थानमा प्लाष्टिकजन्य र अन्य फोहरहरु नजलाउने र सरकारी संलग्नता बढाउने आदि ।

वायु प्रदुषण नियन्त्रणका लागि उपलब्ध उपकरणहरुः

कोठाको बायु प्रदुषण हटाउने उपकरण (Room/Car Air Purifier), N-99 Army Grade Masks, बायु गुणस्तर मापक उपकरण (Air Quality Monitor),  तरकारी, फलफूल, मासु आदिको विषादी हटाउने उपकरण (Vegetable /Fruit/Meat Pesticide disinfector) आदि ।

एअर प्यूरिफायरको प्रविधिले कसरी काम गर्छ ?

वायुप्रदुषण हटाउने (शुद्ध गर्ने) मेशिन (ब्ष्च एगचषष्भच) को प्रयोगले अफिस र घरमा प्रदुषण रहित शुद्ध हावा लिन सकिन्छ । यसलेPre-filter, Anti-bacterial filter, H13 grate HEPA filter, Activated Carbon, Photo Catalyst, Ultra-Violet Light & Ionizer गरी ७ चरणहरुमा बायुप्रदुषणलाइ हटाउंछ । यसको प्रदुषण हटाउने क्षमता ९९.९७ प्रतिशतसम्म छ । यसमा जडित प्रिफिल्टरले ठूला कणहरु हटाउंछ भने HEPA (High Efficiency Particulate Air) / ULPA Filter ले साना धुलोका कणहरु, एलर्जी गराउने तत्वहरु र भाइरसहरु प्रसार हुनबाट रोक्छ । एक्टीभेटेड कार्वन फिल्टरले हाइड्रोजन सल्फाइड, कार्वनडाइअक्साइड, सल्फरडाइअक्साइड र अमोनिया जस्ता हानिकारक ग्यासहरुलाइ विच्छेदित गरिदिन्छ । अल्ट्राभायोलेट फिल्टरले हावामा रहेका ब्याक्टेरिया, ढुसी र भाइरसहरुलाई अल्ट्राभायोलेट रे मार्फत निस्तेज पार्छ भने आयोनाइजरले हावामा रहेका कणहरुलाइ विच्छेदन गरी शुद्ध हावा दिन्छ ।

   N99 मास्कः

यसले प्रदुषणका कणहरु, ब्याक्टेरिया, भाइरस र ग्यासका प्रदुषणबाट ९९ प्रतिशत सुरक्षा दिन्छ । तीन चरणका फिल्टर रहेको यस मास्कको पहिलो फिल्टरले PM10, दोश्रोले PM2.5 PM2.5 तथा PM0.3 । तेश्रो फिल्टर जुन सामान्य कार्वन सामाग्री भन्दा २५ गुणा साना फिल्टरले ब्याक्टेरिया मार्ने र पसिनाको दुर्गन्धबाट जोगाउंछ ।

बायुको गुणस्तर अनुगमन गर्ने उपकारण (Air Quality Monitor):

यसले घर वा अफिसमा रहेको वायुप्रदुषणमा कार्वनडाइअक्साइड, एःद्द।छ, समग्र बायुको गुणस्तर, आद्रता, तापकम र समय दिन्छ । डाटा ब्याकअप र मोवाइल एप मार्फत कोठाको प्रदुषणको तहको जानकारी अद्यावधिक गराउंछ ।

फलफूल, मासु तथा तरकारीको रासायनिक विषादी हटाउने उपकरण र थर्मल मसाजर÷ सेराजेम पनि उपलब्ध छ ।


स्मार्ट ट्रेड्रिङ्ग प्रा.लि.
(एटलान्टा हेल्थकेयर प्रालिको आधिकारिक डिस्ट्रिब्यूटर्स)
काठमाण्डौं नेपाल
मो ९८५१२२६४००, ९८४३२३१००१
इमेलः smarttrading.nepal@gmail.com

Back To Top
Translate this site »